रारा पुगेर मस्ती गर्दै विपना थापा (तस्विर र भिडियो)

१९९५ मा ‘जन्मभूमि’ चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी विपना थापा अहिले नेपाली चलचित्र क्षेत्रबाट टाढा रहेकी छिन्। करिव एक दशक नेपाली चलचित्र क्षेत्रमा सक्रिय विपना थापा सन् २००८ मा विवहा गरेर नेपाली चलचित्र क्षेत्रबाट टाढिएकी हुन्।

भारतीय नागरीक आशुतोष भारध्वज संग विवहा गरेर भारतको मथुरामा बस्दै आएकी विपना समय मिलाएर नेपाल आउने गर्दछिन्। परिवार र साथीभाई संग घुमघामको लागि नै बढी समय बिताउने विपना यतिबेला नेपालमा रहेक छिन्।


देशमा स्थानीय निकायको चुनाव चलिरहेको बेला विपना थापाकी बहिनि दैलेखको नारायण नगरपालिका उपमेयरमा उठेकी थिइन्। कांग्रेसको प्रतिनिधित्व गर्दै उठेकी बहिनीलाई सहयोग गर्न उनि नेपाल आएको बताईन्छ।

तर बहिनि चुनावी होडमा पराजित भएपछि बिपना बहिनि ज्वाई सहित रारा घुम्न निस्किएकी छिन्। चलचित्रकर्मी हिमग्याप लामाले विपना संग रमाईलो गरेको तस्विर सामाजिक संजालमा शेयर गरेका छन्।
निकै समयबाट रारा आउने रहर भएपनि आफ्नो त्यो चहाना बल्ल पुरा भएको बताएकी छिन्। उनले चलचित्र छायाँकानको लागि रारा उत्कृष्ट दृश्य भएको समेत अभिव्यक्ति दिन भ्याईन्।

Comments

comments