रिमा देखि गरिमा सम्म, यी हुन् विदेशी संग विहे गर्ने नेपाली महिला सेलिब्रेटी

सेलिब्रेटिहरुको पर्सनल लाईफको बारेमा आम दर्शकहरुको चासो सधै रहने गर्दछ। सेलिब्रेटिको प्रेमजीवन, वैवाहिक जीवन र पर्सनल लाईफको बारेमा गसिप धेरै नै बन्ने गर्दछ। आज हामि विदेशी संग विवहा गर्ने नेपाली महिला सेलिब्रेटिको बारेमा चर्चा गर्न लागिरहेका छौ।

१. हर्षिका श्रेष्ठ


अभिनेत्री हर्षिका श्रेष्ठले भारतीय व्यापारी प्रसुन झुनझुनवाल संग विवाह गरेकी छिन्। सन् २०१५ मा कलकत्ता निवासी प्रसुन संग विवाह गरेर उनि भारतमै बस्दै आएकी छिन्। विवहा पछी चलचित्र क्षेत्रबाट उनि टाढा रहेकी छिन्।

२. सिम्पल खनाल


अभिनेत्री तथा मोडल सिम्पल खनालले सन् २०१६ मा दोश्रो विवहा गरिन्। उनले बेलायत बसोबास गर्ने नदीम संग दोश्रो विवहा गरेकी छिन्। पाकिस्तानी मुलका व्यवसायी नदीम संग विवहा गरेपछी सिम्पल वेलायत नै वसोवास गर्दै आएकी छिन्।

३. झरना बज्रचार्य


पुर्व मिस नेपाल तथा अभिनेत्री झरना बज्रचार्यले भारतीय मुलका मलेसियन नागरिक राहुल अग्रवाल संग विवहा गरेकी छिन्। राहुलले निर्माण गरेको चलचित्र ‘सेफ ल्यान्डिङ’ मा काम गर्दागर्दै दुवैको प्रेम भएको थियो। विवहा पछी चलचित्र क्षेत्रबाट झरना टाढा रहेकी छिन्।

४. गरिमा पन्त


अभिनेत्री गरिमा पन्तले बेल्जियम पुगेर विवहा गरिन्। वेल्जियमका एनआरएन हरि शर्मा थपलिया संग उनले घरजम बसालिन्। आफ्नो अभिनय कलाबाट धेरैको मन लोभ्याउन सफल गरिमा विवहा पछी बेल्जियम तीर नै बस्दै आएकी छिन्।

५. रिमा विश्वकर्मा


मोडलिङ हुदै नेपाली चलचित्र क्षेत्रमा होमिएकी रिमा विश्वकर्माले सन् २०१५ मा विवहा गरिन्। रिमाले पनि आफ्नो जीवनसाथीको रुपमा विदेशी नागरिकलाई नै रोजिन्। नेपाली नागरिक संगको प्रेम सम्वन्धको चर्चा चुलिए पनि उनले विवहा भने एनआरएन संग गरिन्। उनले बेलायती एनआरएन रोबर्ट विश्वकर्मासंग विवहा गरेकी छिन्।

६. विपना थापा


अभिनेत्री विपना थापा नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो। धेरै सफल चलचित्रमा अभिनय गरेकी विपनाले सन् २००८ मा भारतीय नागरिक आशुतोष भारद्दोज संग विवहा गरिन्। विवहा पछी विपना भारतमा नै वस्दै आएकी छिन्।

७. रेजिना उप्रेती


अभिनेत्री रेजिना उप्रेतीले सन् २०१४ मा विवहा गरिन्। उनले बेलायत निवासी सुरज पोख्रेल संग विवहा गरिन्। विवहा पछी रेजिना चलचित्र क्षेत्रबाट टाढा रहेकी छिन्।

Comments

comments