आन्तरिक विवादमा नेफ्टा, महा-सचिवले बुझाए राजिनामा

चलचित्र प्राविधिक संघ (नेफ्टा) ले दुबइमा आयोजना गरेको ‘नवौ नेफ्टा अवार्ड’ ले यतिबेला चौतर्फी आलोचन भोगिरहेको छ। चौतर्फी आलोचनाको प्रत्यक्ष असर यतिबेला संघ भित्र देखिने थालेको छ। आन्तरिक बिबादका कारण उपाध्यक्ष अरुण रेग्मी अवार्डमा सहभागी भएका थिएनन। यहि बिचमा नेफ्टाका महा-सचिव सुरज आचार्यले आफ्नो पदबाट राजिनामा दिएका छन्। अध्यक्ष पुष्कर लामाले मनोमानी निर्णय गरेको भन्दै संघ भित्र केहि समय अगाडी बाटै आन्तरिक विवाद चुलिदै आएको थियो।


सुराजाले कार्यसमितिलाई बुझाएको राजिनामा पत्रमा नैतिकताको आधारमा राजिनामा दिएको उल्लेख गरेका छन्। उनले राजिनामा पत्रमा नवौं नेफ्टामा भएको मनोमानीको कारण संघको गरिमामै कालो धब्बा लागेको उल्लेख गरेका छन्।
नेफ्टामा वितरण गरिएका केहि विधाका अवार्डलाई लिएर यतिबेला विवाद भैरहेको छ।

Comments

comments