नम्रता श्रेष्ठ सवारी दुर्घटनामा , रोकियो पर्वको सुटिङ

पछिल्लो समयकी चर्चित अभिनेत्री नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परेकी छिन्। चलचित्र ‘पर्व’ को सुटिङ सेटबाट फर्कँदै गर्दा शनिबार राति नम्रता दुर्घटनामा परेकी हुन् । काठमाण्डौको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह निर्देशक सुरेश न्यौपाने चढेको भ्यान दुर्घटनामा परेको हो ।


निर्देशक दिनेश राउतका अनुसार नम्रताको हातमा र खुट्टामा सामान्य चोट लागेको छ भने सुरेशको खुट्टामा चोट लागेको छ ।सवारी दुर्घटनामा नम्रता परेपछि चलचित्रको छायांकन रोकिएको छ । चैत्र २५ गतेलाई प्रदर्शन मिति तय गरेर चलचित्रको छायांकन धमाधम चलिरहेको छ ।
चलचित्रको सार्वजनिक ‘काले दाई’ बोलको गीतले बजारमा निकै चर्चा कमाएको छ ।

Comments

comments