‘मिस लियो’ को ताज निकितालाई

पहिलोपटक आयोजना भएको ‘मिस लियो’ को ताज निकिता मगरको शिरमा सजिएको छ। सहभागी ११ प्रतिस्पर्धीलाई पछी पर्दै निकिताले ताज पहिरन सफल भएकी हुन्।


उनले ‘मिस लियो’ को ताजको साथमा ‘मिस डिसीप्लेन’ र ‘मिस पर्सनालिटी’ को उपाधि समेत जित्न सफल भईन्। त्यस्तै प्रतियोगितामा शैलताज कुँवर फस्ट रनरअप र रविना खर्वुजा सेकेन्ड रनरअप भईन्।
‘लियो क्लब अफ काठमाण्डौ, डाउन टाउन र लियो क्लब अफ पोखरा पिस भ्याली’ले आयोजना गरेको कार्यक्रममा विजेता निकिताले स्कुटर पुरस्कार पाएकी थिइन्।

Comments

comments