‘डक्टर स्ट्रेन्ज’ अभिनेत्री शिल्पा मास्केलाई लिड रोलमा लिदै मिलन चाम्सको ‘लिलिबिली’

निर्देशन मिलन चाम्स पछिल्लो समय एकपछी अर्को चलचित्र निर्माणमा सक्रिय छन्। उनले गएको वर्ष ‘विरविक्रम’ चलचित्र निर्देशन गरेसंगै उनि एकपछी अर्को चलचित्र निर्देशनमा सक्रिय छिन्। उनको ‘ह्याप्पी डेज’ र ‘ब्लाईन्ड रक्स’ प्रदर्शनको तयारीमा रहेको छ भने बायोपिक चलचित्र ‘बब्बी’ को पोखरमा छायाँकन भैरहेको छ।


यहि क्रममा मिलनले सोमबार नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन्। उनले ‘लिलिबिली’ शिर्षक राखेर चलचित्रको घोषणा गरेका हुन्। उनले यो वर्किङ्ग टाइटल भएको र फ्लोअरमा जानु अगाडी चलचित्रको नाम परिवर्तन हुनसक्ने बताएका छन्। उनको चलचित्रमा हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’मा अभिनय गरेकी अभिनेत्री शिल्पा मास्के फाइनल भैसकेकी छिन् भने नया अभिनेता र अभिनेत्रीको खोजि भैरहेको मिलनले जानकारी दिएका छन्। साढे २ करोड माथिको बजेट बताईएको चलचित्रको सम्पूर्ण छायाँकन लन्डन र स्कटल्याण्डमा गरिने छ।

मिलनले आफ्नो कम्पनी चाम्स इन्टरटेनमेन्ट, गोविन्द शाहीको काफिया फिल्मस र टाइम्स इन्टरटेनमेन्टसँग मिलेर लिलिबिली बनाउन लागेका हुन् ।

Comments

comments