अभिनयमा अब्बल तर छैनन् चलचित्र प्रचारमा मेनुका

अभिनेत्री मेनुका प्रधान अब्बल अभिनयको लागि गनिने गर्दछिन्। उनले अभिनय गरेका चलचित्र व्यावसायिक रुपमा जस्तो रहे पनि उनको अभिनयले सधै तारिफ पाउने गरेको छ। हरेक जसो अभिनयमा तारिफ बटुल्ने मेनुकालाई हेमन्त रानाको आवाजमा रहेको ‘साईली’ बोलको गीतले थप चर्चामा ल्यायो।

मेनुकालाई लिएर चलचित्र बनाउन धेरै निर्माता निर्देशकहरु लालायित समेत हुने गर्दछन्। उनले अभिनय गरेका एकपछी अर्को चलचित्र प्रदर्शन आईरहेका छन् भने केहि चलचित्र प्रदर्शनको तयारीमा रहेका छन्। उनि अभिनित चलचित्र ‘हिटलर’ प्रदर्शनरत रहेको छ भने ‘जालो’ र ‘रातो घर’ प्रदर्शनको तयारीमा रहेका छन्। ‘हिटलर’ चलचित्रमा मेनुकाले गरेको अभिनयले चर्चा बटुल्दै आएको छ। उनि नै चलचित्रमा नाम चलेको कलाकारको रुपमा रहेकी थिइन्। तर मेनुका कतै पनि प्रचारप्रसारमा देखिनन्। हरेक निर्माता- निर्देशकको चाहाना कलाकारलाई चलचित्रमा अभिनय गराएपछी प्रचारप्रसारमा सहयोग गरुन् भन्ने हुन्छ। तर मेनुका कुनै पनि चलचित्रको प्रचारमा सक्रिय देखिन्न।

उनले ‘हिटलर’ टिमलाई प्रचारमा सहयोग गरिनन् भने प्रदर्शनको तयारीमा रहेका चलचित्र ‘रातो घर’ र ‘जालो’ को प्रचारमा पनि उनि देखिएकी छैनन्। रातो घर र जालो जेठ १९ बाट प्रदर्शनमा आउने तयारीमा रहेका छन्। तर प्रचारप्रसार अभियानमा मेनुकाको उपस्थिति शुन्य रहेको छ।

त्यसो त चलचित्र प्रचारमा सहयोग नगर्ने मेनुका प्रतिनिधि पात्र मात्रै हुन्। सौगात मल्ल, दयाहाङ राई, कामेश्वर चौरासिया जस्ता अब्बल मानिएका कलाकरले पनि प्रमोशनमा सहयोग नगरेको आरोप खेप्दै आएका छन्।
चलचित्रमा चर्को पारिश्रमिक लिने अनि प्रचारप्रसारमा सहयोग नगर्ने बढ्दो प्रवृतिको कारण पनि धेरै निर्माताहरु कलाकार संग रुष्ट हुन थालेका छन्।

Comments

comments