कामको बेला चर्चामा अरुबेला किन गायब हुन्छिन् साईली उर्फ मेनुका प्रधान

मेनुका प्रधानलाई अब्बल अभिनय गर्ने अभिनेत्री रुपमा लिइन्छ। पछिल्लो समयको हिट गीत ‘साईली’ मा गौरव पहारी संग देखिएकी मेनुकाले निकै राम्रो तारिफ बटुलिन्।सन् २०११ ‘एक दिन एक रात’ चलचित्र मार्फत डेव्यु गरेकी मेनुका केहि चलचित्रमा छोटो भूमिकामा देखिईन्। ‘रेशम फिलिली’ चलचित्रमा मेनुका मुख्य भूमिकामा देखिएकी थिइन्। थिएटरमा पनि अभिनय गरेकी मेनुकाको पछिल्लो रिलिज ‘पुरानो डुंगा’ रहेको छ। सो चलचित्रले समिक्षकको मिश्रित प्रतिक्रिया पाए पनि मेनुकाको अभिनय तारिफ योग्य मानियो।

मेनुकाले जति अभिनय गरेकी छिन् ती हरेक ठाउमा तारिफ बटुल्न सफल भएकी छिन्। तर मेनुकाको प्रोजेक्टको समयमा जति चर्चा हुन्छ त्यसपछि उनि एकाएक हराउने गर्दछिन्। मेनुकाको खोजी मिडियामा पनि त्यति धेरै भएको देखिदैन्। जतिले खोज्छन् उनलाई त्यति सहजै पाउन पनि सकिन्न। चलचित्र प्रमोशनको समयमा केहि मिडिया तिर देखिएपनि उनि अरु समय त्यति धेरै मिडियामा छाउदिनन्।

उनले काम गरेको प्रोजेक्टको समयमा जति धेरै उनको चर्चा हुने गर्दछ त्यति नै चाडो उनी सेलाउने गर्दछिन्।

Comments

comments