मैले भनेर नै रेखा थापा उपमेयर पदमा नउठेकी हुन्, म रेखा थापाकी सल्लाहकार नै हु – माता सविता सरु शर्मा आचार्य (भिडियोसहित)

देश स्थानीय निकायको चुनावी माहोलमा होमिएको छ। बैशाख ३१ गते र जेठ ३१ गते गरेर दूई चरणमा स्थानीय निकायको चुनाव पक्का हुने भएको छ। करीब दुई दशक पछाडी हुन लागेको स्थानीय निकायको चुनावको लागि देश तातिरहेको बेला फरक क्षेत्र, फरक व्यक्तित्व चुनावी मैदानमा उत्रिने चर्चा चलिरहेको छ।
यहि क्रममा चर्चित अभिनेत्री रेखा थापा केहि समय अगाडी काठमाण्डौबाट उपमेयर पदमा उठ्ने चर्चा चलेको थियो। राप्रपा मार्फत राजनीतिमा सक्रिय रेखालाई राप्रपा काठमाडौं कमिटीले उपमेयर पदमा सिफारिस गरेको थियो। तर रेखा थापाले आफु उपमेयर पदमा नउठ्ने बताएकी थिइन्। उनले केन्द्रीय कमिटीले उठ्नै पर्छ भने आफु मेयरमा उठ्ने बताएकि थिइन्।
तर विगत लामो समयबाट भविष्यवाणी गरिरहेकी चर्चित माता सविता सरु शर्मा आचार्यले आफुले भनेको कारण रेखा पछाडी हटेको बताएकी छिन्। माता शर्माले देशको बारेमा अनि राजनीतिक अवस्थाको बारेमा पटकपटक भविष्यबाणी गर्दै आएकी छिन्। त्यसो त माताले केहि समय अगाडी राप्रपा मार्फत रेखाले राजनीति गरेमा मन्त्रि सम्म बन्ने भविष्यबाणी गरेकी थिइन्। राप्रपाको केन्द्रिय अधिवेशन ताका उनले रेखाले केन्द्रीय सदस्य जित्ने भविष्यबाणी गरेकी थिइन्। जुन पुरा समेत भएको थियो।

माताले रेखाको बारेमा थप बोल्दै भनिन्, ‘रेखा काठमाण्डौको उपमेयर पदमा उठ्ने सुन्ने बित्तिकै मैले रेखालाई फोन गरेर अहिले कुनै पनि पदमा नउठ्न भनेकि थिए। अहिले कुनै पनि पदमा उठेमा जित्ने सम्भावना छैन। त्यसको केहि दिनमा नै रेखाले मलाई फोन गरेर नउठ्ने निर्णय गरेको सुनाइन्।’
रेखाको बारेमा पटक पटक बल्दै आएकि मातालाई के तपाई रेखाको सल्लाहाकार हो ? भनेर गरिएको प्रश्नमा उनले भनिन्, हो रेखालाई म सधै सल्लहा दिदै आएकी छु। म उनको सल्लहाकार नै हो।’
अब माताले भनेर रेखाले उमेदवारी दिएकी हुन या अरु केहि कारणले त्यो भने रेखा स्वयमलाई नै थाह होला ?

Comments

comments