सारीमा सुन्दर मनिषा कोईराला (फोटोफिचर)

नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोईरालाको केहि समय अगाडी चलचित्र ‘डियर माया’ रिलिज भयो।  समिक्षक बाट चलचित्रले निकै राम्रो प्रतिक्रिया बटुल्यो।

क्यान्सरलाई जितेर निकै लामो समय पछी चलचित्रमा फर्किएकी मनिषा यतिबेला नेपालमा रहेकी छिन्। केहि हप्ताबाट नेपालमा रहेकी मनिषा शनिबार सम्पन्न ‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा प्रमुख अतिथिको रुपमा मनिषा पुगेकी थिइन्।

मिडिया संग खासै कुरा गर्न नचाहेकी मनिषा निकै लामो समयसम्म अवार्ड समारोहमा बसेकी थिइन्। चलचित्र ‘छक्का पन्जा’ बाट यो बर्षको सर्वोत्कृष्ट अभिनेत्री ठहरिएकी प्रियंका कार्कीलाई अवार्ड प्रदान गरेलगत्तै मनिषा कार्यक्रम स्थल बाट बाहिरिईन्।


‘क्यान्सर केयर नेपाल’ मार्फत क्यान्सर पिडितको लागि मनिषाले सहयोग समेत गरेकी थिइन्। उनलाई केहि दिन अगाडी मात्रै बागमती सफाई महाअभियानको सद्भावना दुत बनाईएको छ। अभिनयमा अब्बल अनि सुन्दर अभिनेत्री मनिषा कोईराला अव नेपाली चलचित्र देखिनेछिन् या छैनन् त्यो भने मनिषा स्वयमलाई थाहा होला।

 

तस्विर:मिलन ढुंगाना

Comments

comments