‘द कपिल शर्मा शो’ मा देखिदैछिन् मनिषा कोईराला

बलिउडमा कुनै समय ठुलो सफलता हात पार्न सफल अभिनेत्री हुन्, मनिषा कोईराला। धेरै सफल चलचित्रमा अभिनय गरेकी मनिषा कोईराला पछिल्लो समय क्यान्सरलाई जितेर फेरी चलचित्र क्षेत्रमा कमव्याक गर्ने तयारीमा रहेकी छिन्। उनि अभिनित चलचित्र ‘डियर माया’ रिलिजको तयारीमा रहेको छ।

चलचित्रको प्रचारप्रसारमा उनि व्यस्त हुन थालेकी छिन्। सोहि क्रममा उनि आफ्नो चलचित्र प्रचारको लागि ‘द कपिल शर्मा शो’ मा पुगेकी छिन्।

कुनै समय चर्चामा रहेकी मनिषाको कमव्याक चलचित्र कस्तो रहने हो ? यो भने चलचित्र रिलिज पश्चात थाहा होला।
चलचित्र २ जुनमा रिलिज हुने तयारीमा रहेको छ।

Comments

comments