पति संगको सम्वन्ध विच्छेद पछी आमा बन्दै मनिषा कोईराला

९० को दशककि चर्चित बलिउड अभिनेत्रि मनिषा कोईराला चाडै नै आमा बन्ने भएकी छिन्। उनि चाडै नै एक छोरीलाई धर्मपुत्रीको रुपमा स्विकार गर्न लागेको बताएकी छिन्।

केहि समय अगाडी मात्रै क्यान्सरलाई जितेर नयाँ जीवनको सुरुवात गरेकी मनिषा धर्मपुत्रिलाई घर ल्याउने बिषयमा निकै खुशी रहेको भारतीय मिडियाले जनाएको छ। उनले क्यान्सर पछी आफुले जीवनमा निकै तनाव भोगेको र अव छोरीलाई धर्म पुत्रीको रुपमा लिएर आफ्नो नयाँ जीवन सुरु गर्ने बताईन्।
त्यस्तै मनिषाले आफ्नो सम्पूर्ण कुरा आफ्नो नयाँ सन्तानलाई दिने बताईन्।

Comments

comments