‘बागमती संगै नेपाल आमालाई पनि सफा गर्नुपर्छ’- मनिषा कोईराला (भिडियोसहित)

नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोईराला केहि हप्ताबाट नेपालमा रहेकी छिन्। केहि दिन अगाडी मात्रै उनलाई बागमती सफाई महाअभियानको सद्भावना दुतको रुपमा घोषणा गरिएको छ। २०७० सालबाट सरु भएको बागमती सफाइ अभियानको सद्भावना दुत भएपछी मनिषा शनिबार बागमित सफाइ अभियानमा सरिक हुन पुगेकी थिइन्।

उनले बागमतीको नाम लिदा आफुले नेपालाई सम्झने गरेको बताएकी छिन्। उनले सानोमा बागमतीमा घुम्दै पुग्दा त्यंहा बगेको त्यो सफा अनि कलकलाउदो पानी फेरी हेर्ने चाहना भएको बताएकी छिन्। जसरि फोहोर बागमित सफाई गर्ने अभियान चलेको छ त्यसले चाडै नै आफुले सानोमा देखेको त्यो सफा बागमती देख्न पाउने आशा समेत व्यक्त गरेकी छिन्।

मनिषाले भनिन्,’बागमती संगै अब नेपाल आमालाई पनि सफा गर्नु छ।’ उनले सफा बागमती र सफा नेपाल चाडै देख्ने आशा व्यक्त गरेकी छिन्।

https://www.youtube.com/watch?v=kZooQxt-tBQ

Comments

comments