बागमती सफाई सद्भावना दूतमा मनिषा कोईराला

बलिउड अभिनेत्री मनिषा कोईराला बागमती सफाई अभियानको सद्भावना दूतमा अनुबन्धित भएकी छिन्।

नेपाली मुलकी बलिउड अभिनेत्री मनिषाको नाम बागमती महाअभियानको बिहिबार बसेको साप्ताहित बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा अनुमोदन गरेको हो। मनिषा भोलि हुने २१४ औ साताको बागमती सफाई अभियनमा सहभागी हुनेछिन्। २०७० जेठ ७ गतेबाट हरेक हप्ता शनिबार बागमती सरसफाई अभियान संचालन हुदै आएको छ।

Comments

comments