कता बेपत्ता भईन् मनिषा कोईराला

क्यान्सर रोगबाट निको भएपछी बलिउडमा कमब्याक गर्न लागेकी अभिनेत्री मनिषा कोइरालाको नयाँ चलचित्र ‘डियर माया’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा उनलाई बेपत्ता बनेकी महिलाको भूमिकामा देखाईको छ। यहि बर्षको जुन २ मा रिलिज हुने चलचित्रमा मनिषालाई एक बृद्ध र सहाराविहीन महिलाको भूमिकामा देखाईएको छ।

बलिउडमा धेरै सफल चलचित्र दिएकी मनिषा कोईराला करिव एक बर्ष क्यान्सरबाट थलिएकी थिइन्। २०१३ मा क्यानसर बाट मुक्त भएपछी मनिषा बलिउडमा कमब्याक गर्ने तयारीमा रहेकी छिन्।

Comments

comments