एकै घरभित्र खिचिएको ‘मन्दिरा’

असार ३ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन्दिरा’ को छायाँकन एकै घर भित्र गरिएको छ।
एउटा घरभित्र घटेका घटनालाई आधार बनाएर चलचित्रको निर्माण गरिको निर्माण पक्षले जानकारी दिएको छ।

एकै घरको प्रतिनिधी घटना चलचित्रको बिषय भएकाले चलचित्रको छायांकन एकै घर भित्र सम्पन्न भएको हो। निर्देशक दिपेश सापकोटाले सिमित लोकेशन भित्र फराकिलो कथावस्तुमा चलचित्रको निर्माण भएको बताएका छन्। उनले नेपाली चलचित्र क्षेत्रको लागि यो एउटा नौलो प्रयोग भएको समेत बताएका छन्।
चलचित्रमा जेवी डिसी, नरेन खड्का, लक्ष्मी बस्नेत, विना पोख्रेल लगायतको अभिनय रहेको छ। भट्ट एण्ड सन्सको व्यानराम निर्माण भएको चलचित्रमा हरि भट्टको लगानी रहेको छ।

Comments

comments