‘म यस्तो गीत गाउँछु’ लाई प्रिमियरमा तारिफ, पूजा बनिन् भावुक (तस्विर र भिडियोमा)

loading...

असार ३० गते शुक्रबारबाट रिलिज तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को प्रिमियर सम्पन्न भएको छ। बुधवार कमलपोखरी स्थित कुमारी हलमा चलचित्रको प्रिमियर सम्पन्न भएको थियो। प्रिमियरमा कलाकर्मी र संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्रलाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको थियो। यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन्।

रेखा थापा, आँचल शर्मा, सलोन बस्नेत, शोभित बस्नेत, रुपा राणा, दिपाश्री निरौला, दिपकराज गरी, स्वस्तिमा खड्का, अशिष्मा नकर्मी, अनुभव रेग्मी, विकास आचार्य, सिताराम कट्टेल,कन्जना घिमिरे लगायतका कलाकारको बाक्लो उपस्थिति प्रिमियरमा रहेको थियो।

‘प्रेमगीत’ चलचित्र पश्चात पूजा करिव दूई बर्ष पछी पर्दामा फर्किएकी थिइन् भने नाइँ न भन्नु ल ४ चलचित्र पश्चात पलको यो दोश्रो चलचित्र रहेको थियो। चलचित्रमा देखिएको पल र पूजाको केमेष्ट्री र दुवैको अभिनयलाई हेर्ने सवैले तारिफ गरेका थिए। त्यस्तै राजाराम पौडेलको कमेडी पार्टको सवैले तारिफ गरेका थिए।

सवैबाट पाएको प्रशंसाबाट पूजा शर्मा उत्साहित देखिन्थिन्। निर्मात्री समेत रहेकी पूजा सवैले पाएको प्रशंसाबाट भावुक समेत बनेकी थिइन्। उनले सवैबाट पाएको प्रशंसाले आफु इमोशनल भएको र अव दर्शको साथ आवश्यक रहेको बताईन्।

तस्विर र भिडियो: मिलन ढुंगाना

Comments

comments