न धुलोले छेक्यो न थकाईले रोक्यो, पूजा र पल घुमे रिङ रोड

loading...

भोलिबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को प्रमोशनको लागी चलचित्रका मुख्य नायक पल शाह र नायिका पूजा शर्मा सहितको टोलिले आज बिहिबार काठमान्डौको रिङरोड परिक्रमा गरेको छ।

 मध्य दिउँसोको चर्को घाम र काठमाण्डौको धुवा, धुलोको प्रवाह नगरी पल र पूजा आफ्ना दर्शक संग कुरा गर्न र आफ्नो चलचित्रको प्रचार गर्न निकै व्यस्त बनेका थिए। प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएको चलचित्रको प्रच्रारका लागी चोकचोकमा पुग्दा पल र पूजा निकै उत्साहित देखिन्थे। दर्शक संग सेल्फी खिच्दै आफ्नो चलचित्रको प्रचार गर्न दुवै व्यस्त थिए।

Comments

comments