पूजा भन्छिन्, ‘यो रोड मेरो हो, कसले के गर्न सक्छ?’

अभिनेत्री पूजा शर्मा प्राय सधै चर्चामा रहने गर्दछिन्। पूजाले चलचित्र ‘प्रेमगीत’ मार्फत दर्शकमाझ निकै राम्रो छाप छोड्न सफल भईन्। चलचित्रमा उनले बोलेको एक संवादलाई दर्शकले निकै रुचाए। ‘त त मैले मात्रै भन्न पाउँछु’ भन्ने संवाद अहिले पनि दर्शकको मुखमा झुन्डीएको छ।

यस्तै संवादहरु दर्शकले पूजाको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा दर्शकले सुन्न पाउनेछन्। पूजा यतिबेला चलचित्रको डविङमा व्यस्त छिन्। काठमाडौंको सिने जोन स्टुडियोमा चलचित्रको डविङ चलिरहेको छ। चलचित्रमा पूजाले बोलेको एउटा संवाद यस्तो छ। ‘ फेरी एकचोटी बच्चा हुन पाए, त्यहि तन्नेरी अवस्था जिउन पाए, अर्को जुनी पनि तिमिसंगै लिन पाए।’

यहि संवादलाई बोल्ने शैली निर्देशक सुदर्शन थापाले पूजालाई सिकाउदै गर्दा पूजाले अर्को संवाद बोलिन् ,’यो रोड मेरो हो, कसले के गर्न सक्छ र?’

चलचित्रमा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा रहेका छन्। असार ३० गतेलाई रिलिज मिति तय गरिएको चलचित्रको ‘भन्छु आज’ बोलको गीतले निकै राम्रो चर्चा बटुल्न सफल भएको छ। गीतमा देखिएको पूजा र पलको क्यामेष्ट्रीलाई दर्शकले निकै रुचाएका छन्।

Comments

comments