चलचित्र रिलिज समयमा कसले लगायो पल र पूजाको हातमा हथकडी ? यस्तो छ वास्तविकता

चलचित्र ‘म यस्तो गीत गाउँछु’ रिलिजको तयारीमा रहेको छ। असार ३० गतेलाई रिलिज मिति तय गरेको चलचित्रको प्रमोशन यतिवेला जोडतोडले चलिरहेको छ। यहि क्रममा चलचित्र निर्माण टिमले चलचित्रका नयाँ पोस्टर सार्वजनिक गरेको छ।सार्वजनिक पोस्टरमा दुवैको हातमा हथकडी देखिएको छ। यसवाट चलचित्रको कथावस्तुको वारेमा दर्शकमा झन् बढी कौतुहलता छाएको छ।


सार्वजनिक गीत र ट्रेलर भन्दा भिन्न देखिएको पोष्टरमा पल र पूजा दुवैले प्रेमको हथकडी लगाएका छन्। सुदर्शन थापाको निर्देशनमा चलचित्र तयार भएको हो।

लभस्टोरी जनराका चलचित्रमा अब्बल मानिएका निर्देशक थापाले पोष्टरको बारेमा भने,‘चलचित्रको कथा अगाडि बढ्दै जाँदा पल र पूजाको हातमा हथकडी लगाइएको दर्शकले देख्नुहुनेछ । यसैका लागि पोष्टर पनि सोही अनुसार तयार पारिएको हो।’

त्यस्तै सार्वजनीक अन्य पोष्टरमा पल र पूजाको प्रेम भाव अभिव्यक्त समेत गरिएको छ। चलचित्रको ट्रेलर र गीतसंगीतले निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ।

Comments

comments