शनिवार ‘म यस्तो गीत गाउँछु’ ले बनायो नयाँ रेकर्ड, दर्शकको भव्य साथ (भिडियो)

असार ३० गते शुक्रबार बाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले शनिबार दर्शकको उल्लेख्य साथ पाएको छ। प्रदर्शनको दोश्रो दिन चलचित्रले देशभर हाउसफुल व्यापार गरेको छ। हाउसफुल व्यापारको साथमा राजधानीका मुख्य हलहरुमा चलचित्रले नयाँ रेकर्ड कायम गरेको छ।  काठमान्डौको गोपीकृष्ण हलका पाँचवटा पर्दामा चलचित्रले हाउसफुल व्यापार गरेको छ।  जम्मा ७ पर्दामध्ये ५ वटामा चलचित्रले हाउसफुल व्यापार गरेको हो।

त्यस्तै बालाजुको अष्टनारायण हलमा दिउँसो ५ बजेको शोमा हालका चारवटा पर्दा नै हाउसफुल भएका छन्।  यो पनि नयाँ रेकर्ड हो।  बालाजुको गङ्गा हलमा पनि ३ बजेको शोमा दुईवटा पर्दा नै हाउसफुल हुँदा ग्वार्कोमा रहेका गुण हलका पाँचवटा पर्दा हाउसफुल भएका छन्।  नेपाली चलचित्रले २०७४ सालमा गरेको यो पहिलो राम्रो इनिशियल व्यापार हो।

https://www.youtube.com/watch?v=yKnSu601Tt8

 

Comments

comments