‘म यस्तो गीत गाउँछु’ ट्रेलरले बोलेको प्रेमभाव (भिडियो)

बर्षको बहुप्रतिक्षित चलचित्र ‘ म यस्तो गीत गाउँछु’ को ट्रेलर सार्वजनिक भएको छ। पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको सांगीतिक लभ स्टोरी चलचित्रमा केहि मन छुने संवादहरुको प्रयोग गरिएको छ। असार ३० गतेलाई रिलिज मिति तय गरिएको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन्। ‘शुक्रबार राइजिङ मलमा आयोजना गरिएको ट्रेलर लन्च कार्यक्रम पश्चात उपस्थित सवैले ट्रेलर उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्।

‘भाग्यमा लेखेको छैन भने मुटुमा सजाएर मात्रै पाईदैन रहेछ’, यस्तै मन छुने संवाद चलचित्रको ट्रेलरमा समावेश रहेका छन्।
चलचित्रमा समावेश तीनै गीतलाई समेत ट्रेलरमा समावेश गरिएको छ। सार्वजनिक ट्रेलरका संवादले दर्शकको मन छुन सफल हुन्छ।

ट्रेलर सार्वजनिक संगै दर्शकको लागि अब चलचित्र प्रतिक्षित बन्ने देखिन्छ। गीत सार्वजनिक संगै देखिएको पूजा र पलको आकर्षक क्यामेष्ट्रीलाई दर्शकले ट्रेलरमा समेत देख्न सक्छन्। चलचित्रमा पल र पूजाको अलावा सरोज खनाल, रुपा राणा लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रमा अर्जुन पोख्रेलको संगीत रहेको छ भने अर्जुन पोख्रेल, प्रमोद खरेल, सुगम पोख्रेल लगायतले गीतमा आवाज दिएका छन्।

तस्विर: मिलन ढुंगाना

Comments

comments