सकारात्मक प्रतिक्रियाको साथमा ‘म यस्तो गीत गाउँछु’को बम्पर ओपनिङ (भिडियोसहित)

नेपाली चलचित्रले राम्रो ओपनिङ नगरेको निकै लामो समय भैसक्यो। अझ भनौ नेपाली चलचित्र क्षेत्रमा व्यापारिक हिसाबले खडेरी नै लागेको अवस्था छ। धेरै चलचित्र रिलिज भए पनि ती चलचित्रले दर्शकको मन जित्न सफल भएका छैनन् र राम्रो व्यापार गर्न असफल भएका छन्। अब भने त्यो खडेरी केहि कम भएको आभाष भएको छ। आज शुक्रबार बाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले सकारात्मक प्रतिक्रिया बटुल्दै सुखद सुरुवात गरेको छ। चलचित्रको निर्माण टिम र वितरक कम्पनिले चलचित्रले बम्पर ओपनिङ गरेको जानकारी दिएका छन्।

काठमाण्डौमा चलचित्रको वितरणको जिम्मा लिएका वितरक गोपाल कायस्थले भने–‘यो बम्पर ओपनिङ हो । गोपिकृष्णमा कृष्णमा लागेको चलचित्र २ बजेको शोबाट गोपीका सारिएको छ । हिन्दी चलचित्र ‘जग्गा जासुस’लाई नेपाली चलचित्रले विस्थापित गरेको छ । मल्टिप्लेक्स र सिंगल दुबैमा चलचित्रको ओपनिङ बम्पर हो ।’ उनका अनुसार, अष्टनारायण हलमा पनि चलचित्र २ वटा पर्दामा चलिरहेको छ । काठमाण्डौका मल्टिप्लेक्सले दिएका शो सबै हाउसफूल छ ।

काठमाण्डौको क्यूफक्समा चलचित्रको मर्निङ शोमा ८० प्रतिशतको अकुपेन्सी रहेको छ । ‘कुमारी, जय नेपाल, सिभिल र लबिममा ८० प्रतिशत अकुपेन्सी छ । चलचित्र मल्टिप्लेक्समा पनि राम्रो चल्ने देखिएको छ’, कुमारी हलका म्यानेजर बिनोद पौडेलले बताए ।


यस्तै, काठमाण्डौ बाहिर पनि चलचित्रले बम्पर ओपनिङ गरेको वितरक मनोज राठीले बताए ।निर्माता तथा निर्देशक सुदर्शन थापाले भने–‘शुक्रबारको व्यापारबाट अत्यन्तै उत्साहित छु । चलचित्र लामो समयसम्म चल्छ भन्ने लागेको छ ।’
नायिका पूजा शर्माले पनि जय नेपाल, अष्टनारायण लगायतका हलमा पुगेर दर्शकसंग बसेर चलचित्र हेरिन् । उनले दर्शकले दिएको मायाले अत्यन्तै उत्साहित भएको बताइन् ।

Comments

comments