माधुरी दीक्षितको प्रेममा थिए संजय दत्त, यसकारण टुट्यो दुवैको प्रेम

बलिउड अभिनेता संजय दत्त र अभिनेत्री माधुरी दीक्षित कुनै समय एक अर्काको प्रेममा रहेको खबर भारतीय मिडियामा यतिबेला भाईरल बनिरहेको छ। संजय दत्तको बायोपिक चलचित्रमा दुवैको प्रेम प्रसंगको सिन नराख्न माधुरिले संजयालाई फोन गरेको सम्मको खबर बाहिरियो। तर माधुरिले यो कुराको खण्डन गर्दै आफुले फोन नगरेको बताएकी छिन्।


१९९१ मा चलचित्र ‘साजन’ को सुटिङको समयमा संजय र माधुरी नजिकिएका थिए। चलचित्रमा रोमान्स गर्दागर्दै दुवै नजिकिएका थिए। साजन चलचित्र सुपरहिट बनेको थियो। त्यसपश्चात दुवैले धेरै चलचित्रमा काम गरेका थिए। उनीहरु यति सम्म नजिकिएका थिए कि दुवैले विवहा गर्ने योजना समेत बनाएका थिए।

तर उक्त समयमा संजय विवाहित रहेका थिए। उनकी एक छोरी समेत रहेकी थिइन्। सोहि कारण माधुरीका पिताले उक्त सम्बन्ध अस्विकार गरेका थिए। चलचित्र खलनायकको समयमा संजय दत्त जेल परे पश्चात माधुरी र संजयको सम्बन्ध चिसिएको थियो। करिव १६ महिना जेल बसेका संजयलाई भेट्ने माधुरी एकपटक पनि जेलमा गईनन्। उनि संजय संग दुरी बनाउन चाहान्थिन्। त्यसको केहि समय पछी माधुरीले एक डाक्टर संग विवहा गरेकी थिइन्।-एजेन्सी

Comments

comments