केकी र कर्माको ‘लाभ सासा’ प्रिमियरमा जे देखियो (तस्विर सहित)

केकी अधिकारी र कर्मा शाक्य मुख्य भूमिकामा रहेको चलचित्र ‘लाभ सासा’ को प्रिमियर मंगलबार सम्पन्न भएको छ।


पौष २८ गते, बिहिबार देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको  प्रिमियर कमलपोखरीस्थित कुमारी हलमा भव्य रुपमा सम्पन्न भएको थियो। दर्जन बढी सेलिब्रेटी प्रिमियर शो मा उपस्थित भएका थिए।


‘लाभ साशा’ युनिट सहित अभिनेत्री प्रियंका कार्की, निशा अधिकारी, ऋचा शर्मा , रिमा विश्वकर्मा, वेनिशा हमाल, स्वस्तिमा खडका, निर्देशक निश्चल बस्नेत, अभिनेता सलोन बस्नेत लगायतको बाक्लो उपस्थिति रहेको थियो।


प्रिमियरमा सहभागी अधिकांशले सकारात्मक प्रतिक्रिया दिदै चलचित्र हेर्न लायकको भएको बताएका छन्। चलचित्रको संवाद र पटकथा लाई रुचाईएको थियो।

दर्शकको प्रतिक्रिया बिहिबार प्राप्त हुने भए पनि सरल कथामा एउटा उत्कृष्ट चलचित्र बनेको धेरैले बताएका छन्।

तस्विर: मिलन ढुंगाना

Comments

comments