प्रियंका देखि पुजा सम्म, प्रेमको चर्चा कम हुने नेपाली महिला सेलिब्रेटी

कलाकारहरुको प्रेम जीवन अनि पर्सनल लाईफको बारेमा सधै सवैको चासोको बिषय रहेको हुन्छ। सिने क्षेत्रमा लागेका कलाकारको सम्वन्धको गसिप सधै बन्ने गरेको हुन्छ। केहि गसिपमै सिमित हुन्छन भने केहि असली जीवनमा पनि सम्वन्धमा हुन्छन्। तर केहि नेपाली महिला सेलिब्रेटी रहेका छन्, जसको प्रेम सम्वन्धको चर्चा त्यति बढी मात्रामा सुनिदैन। आज हामि  केहि महिला सेलिब्रेटिको चर्चा गर्न लागीरहेका छौ जसको प्रेम सम्बन्धको चर्चा कम हुने गर्दछ।

१. केकी अधिकारी

म्युजिक भिडियो हुदै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी केकी अधिकारीलाई अभिनयका लागि निकै अब्बल नायिकाको रुपमा लिने गरिन्छ। पात्रालाई जीवन्तता दिने थोरै नायिकाहरुमा केकिलाई लिने गरिन्छ। म्युजिक भिडियो क्विनको रुपमा समेत परिचित केकीको प्रेम सम्वन्धको चर्चा मिडियामा त्यति धेरै हुदैन। ‘स्वर’ चलचित्र मार्फत नेपाली रजतप डेव्यु गरेकी केकी यो प्रसंगमा कुरा गर्दा आफु सिंगल रहेको बताउने गर्छिन्।

२. अशिष्मा नकर्मी

 

व्यवसायिक रुपमा हिट चलचित्र दिन नसके पनि अशिष्मा नकर्मीको व्यस्तता कमि भएको छैन। नेवारी र नेपाली चलचित्रको साथमा म्युजिक भिडियोमा समेत देखिने अशिष्मा पनि प्रेम सम्वन्धको गसिपबाट टाढा छिन्। केहि समय अगाडी अमेरिकामा आफ्ना प्रेमी संगको प्रेम सम्बन्ध टुटे पश्चात उनको प्रेम जीवनको चर्चा हुने गरेको छैन। उनि प्रेम भन्दा पनि आफ्नो करियरमा फोकस रहेको बताउछिन्।

३. बर्षा शिवाकोटी

चलचित्र ‘पशुपति प्रसाद’ बाट चर्चामा आएकी वर्षा शिवाकोटीको नया चलचित्र’ लप्पन छप्पन’ प्रदर्शनको तयारीमा रहेको छ। यी सुन्दर अभिनेत्रि पनि प्रेम गसिप बाट टाढा नै रहेकी छिन्।

 

४.ईन्दिरा जोशी

गायिका ईन्दिरा जोशी नेपाली सांगीतिक क्षेत्रकी निकै चर्चित गायिका हुन्। हट गायिकाको रुपमा परिचित ईन्दिरा जोशीको पनि प्रेम जीवन गुपचुप जस्तै नै रहेको छ। देश विदेशका कार्यक्रमहरुमा निकै व्यस्त हुने गायिकाको प्रेम जीवनको गसिप मिडियाले त्यति पाउने गर्दैनन्। यति सुन्दर गायिका अहिलेसम्म सिंगल नै छिन् या कसैलाई आफ्नो प्रेम जीवनको सारथी बनाईसकेकी छिन्, त्यो भने स्वयम ईन्दिरालाई नै थाहा होला।

५. रिस्ता वस्नेत

अभिनेत्री रिस्ता वस्नेतले केहि नेपाली चलचित्रमा देखिसकेकी छिन्। चलचित्र दुनियामा त्यति सफल हुन नसकेकी रिस्ताको पनि प्रेम जीवनको चर्चा त्यति बढी सुनिने गरिदैन।

६.नम्रता सापकोटा

नम्रता सापकोटा अभिनित चलचित्र ‘छक्का पन्जा’ निकै सफल बनेको छ। चलचित्र संगै मोडलिङमा पनि नम्रता सक्रिय छिन्। नेपाली महिला कलाकारमा प्रेम सम्वधको गसिप कम हुने कलाकारमा नम्रता पनि पर्ने गर्दछिन्।

७. मेलिना राई

 

गायिका मेलिना राई पछिल्लो समयकी चर्चित गायिका हुन्। पार्श्व गायनमा निकै नै रुचाईएकि सुन्दर गायिका मेलिन पनि प्रेम सम्वन्धको चर्चा बाट टाढै रहेकी छिन्।

८. एलिसा राई

बहुप्रतिक्षित चलचित्र ‘लुट २’ को ‘ठमेल बजार’ गीतमा नृत्य गरेसंगै एलिसाको जीवनले नया मोड लिएको छ। निकै राम्रो फ्यान फ़लोईङ बनाएकी एलिसा पनि प्रेम जीवनको गसिपबाट टाढा छिन्। यही बिषयमा कसैले उनलाई प्रश्न गर्यो भने उनको जवाफ तयार हुन्छ, अहिले त मेरो प्रेम गर्ने उमेर नै भएको छैन।

९ पुजा शर्मा

‘प्रेम गीत’ चलचित्रको सफलता संगै पुजाको जीवनले  नयाँ मोड लिएको छ। बर्ष २०७२ को सफल चलचित्र बनेको प्रेम गीत कि अभिनेत्री पुजाको पनि प्रेम जीवनको गसिप कम नै बन्ने गर्दछ। अव पूजाले असली जीवनमा प्रेम नपाएकै हुन् या अहिलेसम्म मिडियामा उनको प्रेम जीवन सार्वजनिक हुन नसकेको हो, त्यो चै पुजा स्वयमले बनाउन सक्ने कुरा हो।

१० प्रियंका कार्की

अमेरिकामा हुदा रोचक मैनाली संग  विवहा गरेकी प्रियंका कार्कीले रोचक संग सम्वन्ध विच्छेद गरेर अभिनयलाई रोजेकि थिइन्। नेपाली चलचित्र क्षेत्रमा निकै राम्रो स्थान बनाएकी प्रियंकाको पनि प्रेम सम्वन्धको चर्चा कम हुने गर्दछ। अभिनेता दयाहाङ राई संगको निकटतालाई कहिले प्रेम सम्वन्धको नाम दिए पनि दुवैले यो कुरालाई अस्विकार गर्दै आफुहरु एक-अर्काको मिल्ने साथी मात्रै भएको भन्ने गर्दछन्। दयाहाङ संगको निकटम सम्वन्ध बाहेक प्रियंकाको पनि प्रेम जीवनको गसिप बन्ने गर्दैन।

Comments

comments