सुरज संग स्वस्तिमाको जोडी कति सुहाउला?

नयाँ बर्षको अवसरमा बैशाख १ गते दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘लभ लभ लभ’ प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्रको रिलिज मिति नजिकिदै गर्दा निर्माण टिमले प्रचारप्रसार तिब्र बनाउदै गएको छ।
म्युजिक भिडियोबाट निकै राम्रो चर्चा बटुलेकी स्वस्तिमा खड्का चलचित्रमा मुख्य भूमिकामा रहेकी छिन्। ‘होस्टल रिटर्न्स’ चलचित्र मार्फत नेपाली रजतपटमा डेव्यु गरेकी स्वस्तिमाको यो दोश्रो चलचित्र हो भने अभिनेताको रुपमा सुरज पाण्डेको डेव्यु चलचित्र हो। निर्देशक दिपेन्द्र के खनाल आफ्ना हरेक चलचित्र मार्फत दर्शकलाई फरक स्वाद दिने प्रयासमा हुन्छन्। निकै सफल निर्देशकको छवी वनाएका दिपेन्द्र के खनाल जोडिएको कारणले पनि चलचित्रबाट केहि नयाँपनको आश गर्न सकिन्छ। त्यसो त चलचित्रको ट्रेलर र गीत रिलिज पश्चात निकै सकारात्मक प्रतिक्रिया बटुलीरहेको छ। अमृत पाण्डेको प्रस्तुति रहेको चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी छिन्।
चलचित्रको बिषयमा बोल्दै निर्देशक खनाल भन्छन्,’ मेरो चलचित्रले पछिल्लो समय देखिएको फास्टफुड लभ भन्दा फरक छ। लभ स्टोरी जनरामा बनेका आम चलचित्र भन्दा मेरो यो चलचित्र फरक स्वादमा बनेको छ।’

Comments

comments