गोसाईकुण्ड पुगेर छल्किएको सुरज र स्वस्तिमाको प्रेम (भिडियो)

सुरज सिने आर्ट्सको प्रस्तुति चलचित्र ‘लभ लभ लभ’ को गीत सार्वजनिक भएको छ । बैशाख १ गतेलाई रिलिज मिति तय गरेको चलचित्रको रोमान्टिक गीतको भिडियो सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक पछी राम्रो प्रतिक्रिया बटुल्दै गरेको चलचित्रको गीतलाई गोसाइँकुण्डको आकर्षक लोकेशानामा खिचिएको छ ।
सार्वजनिक ‘हिजो आज’ बोलको गीतमा कोशिश क्षेत्रीको स्वर रहेको छ भने गीतमा सुरेश राईको शब्द र संगीत रहेको छ ।
सुरज पाण्डे र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् ।

https://www.youtube.com/watch?v=8WnEY0_Jsss

यस अगाडी कूनै पनि नेपाली चलचित्रको गीत गोसाईकुण्डको लोकेशनमा खिचिएको थिएन । यसर्थ पनि दर्शकले चलचित्रमा एउटा नयाँ लोकेशनको स्वाद चाख्न पाउनेछन् । चलचित्रमा सुरज र स्वस्तिमाको साथमा रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राना लगायतका कलाकारको अभिनय रहेको छ ।

Comments

comments