सामान्य प्रेमकथाको उत्कृष्ट प्रस्तुति ‘लभ लभ लभ ‘, प्रेस शोमा बटुल्यो प्रसंशा (भिडियोसहित)

‘मन पराएकालाई स्विकार्न सजिलो छ, हासी हासी बिदा गर्न पो हिम्मत चाहिन्छ’। यो डाइलग चलचित्र ‘लभ लभ लभ ‘ मा समावेश छ। दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रले विशुद्ध प्रेम कथा बोलेको छ। कसैलाई साँचो माया गर्दाको अनुभव, कसैलाई पर्खादाको अनुभव चलचित्रले निकै राम्रो संग दर्शाएको छ।
बैशाख १ गतेलाई रिलिज मिति तय गरेको चलचित्रको बुधवार राजधानीमा प्रेस शो गरिएको थियो। शोमा चलचित्र हेरिसकेपछि धेरैले निर्देशकीय पक्षको निकै खुलेर तारिफ गरेका थिए।


नव-कलाकार सुरज पाण्डेको अभिनयको जति तारिफ भयो उति नै खुलेर स्वस्तिमा खड्काले वाहवाही पाईन्। सामान्य प्रेमकथालाई निर्देशकले निकै उत्कृष्ट तरिकाले पर्दामा उतारेका छन्। फरक स्वादको चलचित्र पस्कन माहिर मानिएका निर्देशक खनालले निकै राम्रो संग चलचित्र निर्माण गरेका छन्।

चलचित्र समाप्ति पछी पनि निकै लामो समय सम्म हलमा बसेकी स्वस्तिमाले चलचित्रले आफैलाई पनि रुवाएको बताईन्। उनि भन्छिन्, ‘कहि विगत सम्झीए कतै निश्चललाई पनि सम्झीए।’

पर्दामा जस्तै रियललाईफमा पनि कम बोल्ने सुरज पाण्डेले सवै कुरा बैशाख १ गतेपछि दर्शकको प्रतिक्रियाले जनाउने बताए।
निकै भावकु बनेकी निर्मात्री शर्मिला पाण्डेले चलचित्र त्यो पनि एउटा राम्रो चलचित्र बनाउने आफ्नो सपना पुरा भएको बताईन्।

Comments

comments