‘लुट २’को दूई दिनमा तीन करोड माथिको व्यापार, के भन्छन् त दर्शक? (भिडियोसहित)

बर्ष २०७३ को बहुप्रतिक्षित मानिएको चलचित्र ‘लुट २’ फाल्गुन १३ गतेबाट प्रदर्शनमा आएको छ। चलचित्रले मिश्रित प्रतिक्रिया पाए पनि व्यापार भने आक्रमाक देखिएको छ। ‘छक्का पन्जा’को रेकर्ड तोड्ने उद्घोष गर्दै आएका निर्माता माधव वाग्ले चलचित्रको व्यापार बाट उत्साहित रहेका छन्। निर्माता माधव वाग्लेका अनुसार चलचित्रको शुक्रबार र शनिवारको व्यापार ३ करोड माथिको रहेको छ।


वाग्लेका अनुसार शुकावर चलचित्रले काठमाडौं बाट १ करोड र उपत्यका बाहिरबाट ५० लाख बराबरको व्यापार गरेको छ। काठमाडौंका मल्टिप्लेक्स र सिंगल थिएटरमा दर्शकको घुईचो रहेको छ। निश्चल बसन्त निर्देशित चलचित्रको राजधानीमा अकुपेन्सी शतप्रतिशत रहेको छ।
निर्माता वाग्लेका अनुसार शनिवार चलचित्रले राजधानीमा १ करोड ५ लाख र राजधानी बाहिर ६० लाख बराबरको व्यापार गरेको छ।
स्टार कलाकारको क्रेज, निश्चल बस्नेतको बजारमा हाईप र ‘लुट’को ब्रान्डले गर्दा पनि दर्शक हालसम्म तानिएका छन्।
१ करोड ६० लाख माथिको लगानी रहेको बताईएको चलचित्रले भने मिश्रित प्रतिक्रिया बटुलिरहेको छ।
चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, कामेश्वर चौरासिया, ऋचा शर्मा, एलिसा राई लगायतका कलाकारले अभिनय रहेको छ।

गोपीकृष्ण हलमा पुग्दा देखिएको दर्शकको भिड र प्रतिक्रिया;

Comments

comments