न्युजिल्यान्डमा ‘लुट २’, थाह पाउनुहोस कुन ठाउमा लाग्दैछ

पछिल्लो समय नेपाली चलचित्रले अन्तराष्ट्रिय बजार पाउदै गरेका छन्। विदेशी हलहरुमा नेपाली सिनेमा हेर्ने दर्शकको संख्या पछिल्लो समय निकै बढ्दै गएको छ।अब न्युजिल्यान्डका दर्शकले चलचित्र ‘लुट २’ हेर्न पाउने भएका छन्। नेपालमा निकै उत्साहजनक व्यापार गर्न सफल चलचित्र न्युजिल्यान्डमा मार्च १९ र २९ तारिखमा देखाईने छ। Hamilton र Auckland मा ‘लुट २’ प्रदर्शन तय भएको छ ।

Hamilton अन्तर्गत Lido Cienema, The Balcony, Centre Place, 501 Victoria Street मा मार्च १९ तारिकमा साँझ ७ बजे शो हुनेछ भने Auckland अन्तर्गत २९ मार्चमा Capital Cinema, 610 Dominion Rd, Balmoral मा साँझ ८ बजे प्रदर्शन हुनेछ ।
न्युजिल्यान्डमा रहेका दर्शकले ०२११७२५३८८ मा सम्पर्क गरेर टिकट बुकिङ गर्न सक्नेछन्।

Comments

comments