सविन राईको आवाजमा ‘लप्पन छप्पन’को नयाँ गीत

चैत्र ११ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘लप्पन छप्पन’ को नयाँ गीत सार्वजनिक भएको छ। सविन राईको आवाज रहेको गीत ‘रन अन गन’ सार्वजनिक गरिएको हो। दिपक आरजे को शब्द तथा संगीतमा गीत तयार पारिएको छ।

मुकुन्द भट्टको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात बल्ल, अर्पण थापा, वर्षा शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ। डम्वर चन्दले निर्माण गरेको चलचित्रको ट्रेलर सार्वजनिक भएसंगै चलचित्र निकै प्रतिक्षित बनेको छ।
ट्रेलरमा देखिएको सौगात मल्लको फरक रुपले पनि दर्शक को लागि चलचित्र प्रतिक्षित बन्दै गएको हो।

Comments

comments