वृद्ध र असाहयलाई ‘लाल्टिन’ टिमको सहयोग

जेठ २६ गतेबाट रिलिज हुने तयारिमा रहेको चलचित्र ‘लाल्टिन’ ले वृद्ध र असाहयलाई कपडा वितरण गरेरको छ। चलचित्रका नाम चलेका कलाकारले प्रमोशनमा साथ नदिईराहेको बेलामा चलचित्र प्रचारको लागि निर्माण टिमले विभिन्न उपाय अपनाईरहेको छ।


शनिबार चलचित्रका कलाकार र निर्माताले पशुपती, संकटा लगायतका क्षेत्रमा पुगेर वृद्ध र असाहयलाई कपडा वितरण गरेको छ।
चलचित्रका निर्माता भानु प्रताप, अनिम श्रेष्ठ, राज केसीको साथमा कलाकारहरु निर्जन थापा, राज कटुवाल, गायक विनोद ढकाल पशुपति र संकटा मन्दिर पुगेका थिए ।
देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल लगायतको अभिनय रहेको छ।

Comments

comments