गौरव र अभयको नजर निशा तिर, यस्तो छ ‘कुम्भ करण’ को टिजर

गौरव पहारी, अभय बराल, र निशा अधिकारि मुख्य भूमिकामा रहेको चलचित्र ‘कुम्भ करण’ को टिजर रिलिज भएको छ।निशा अधिकारी केन्द्रीय भूमिकामा देखाईएको टिजरमा उनलाई एक शिक्षिकाको रुपमा देखाईएको छ।


सार्वजनिक टिजरमा निशाको साथमा गौरव पहारी, भोला सापकोटा र अभय बराललाई देखाईएको छ। तीनै जना कलाकारले निशा माथि नजर लगाएको कुरालाई मुख्य रुपमा देखाईएको छ।


क्षितिज बस्नेतको लगानीमा निर्माण भएको चलचित्रलाई दिपक ओलीले निर्देशन गरेका छन्। प्रदर्शन मिति तय नगरिएको चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको छ।

 

Comments

comments