निशालाई देखेपछि गौरवको मन ‘कुटु कुटु’ (भिडियो)

निशा अधिकारी र गौरव पहारी मुख्य भूमिकामा रहेको चलचित्र ‘कुम्भ करण’ को लोक लयमा तयार पारिएको गीत रिलिज भएको छ। प्रदर्शन मिति तय हुन बाँकी रहेको चलचित्रको ‘कुटु कुटु’ बोलको गीत सार्वजनिक भएको हो।

समीर आचार्य र सुधा रत्नको स्वर रहेको गीताम गोबिन्द मधुर आचार्यको शब्द र संगीत रहेको छ। नेपाली चलचित्रमा लोक गीत संगीत हराईरहेको बेलामा चलचित्र टिमले गीतलाई दर्शकको मन जित्ने अपेक्षाको साथमा गीत सार्वजनिक गरेको हो।

दीपक वलिले निर्देशन गरेको चलचित्रमा गौरव पहारी, निशा अधिकारी, भोलाराज सापकोटा, अभय बराल, कमल गाउँले लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments