सप्तरीका दृष्टिबिहिनका लागि ‘जिग्री’ र ‘पाँडे’ले घर निर्माण गरिदिने, धुर्मुस-सुन्तलीले गरे घरको सिलन्यास

दूई हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले सप्तरीको गम्हरिया प्रवाहा गाविसका दृष्टिबिहिन परिवारको लागि घर निर्माण गर्ने भएका छन्।


बैशाख २ गते एक कार्यक्रमको आयिजना गरेर सिताराम कट्टेल र कुन्जना घिमिरेको हातबाट सिलन्यास गर्दै बस्ति निर्माणको थालनी गरिएको छ। सप्तरिमा रहेको एक दलित बस्तीका दृष्टिबिहिनको लागि घर बनाउन यी दूई जुटेका छन्।

जिग्री पाँडे फाउन्डेसन स्थापना गरेर उनीहरू कलाकारिताका साथै समाजसेवामा पनि लागेका छन् । गत बिहीबार सप्तरी गमहरिया प्रवाह–४ स्थित पट्टिटोल पुगेका चर्चित हास्यशृंखला ‘भद्रगोल’ का यी कलाकारले १७ जनाको संयुक्त परिवारमा रहेका तीन भाइका लागि तीनवटा वातावरण र अपांगमैत्री घर बनाइदिने घोषणा गरेका हुन्। तीनवटा घर निर्माण हुन तयारीमा रहेका उनीहरुले ३५ देखि ४० लाख रुपैया लाग्ने अनुमान गरेका छन्।

उक्त घर निर्माणको लागि सामाजिक संजाल मार्फत सहयोग माग गरिएको तथा सम्पूर्ण रकम सामाजिक संजाल मार्फत नै उपलब्ध भएको छ ।

Comments

comments