रेडियोको जागिर छाडेर राप्रपामा कोमल, यसरि माग्दैछिन् भोट (भिडियोसहित)

गायिका तथा पुर्व संचारकर्मी कोमल ओली यतिबेला चुनावी सरगर्मीमा व्यस्त छिन्। रेडियो नेपालको बीस बर्षे सरकारी जागिर छाडेर उनि यतिबेला राजधानीको भृकुटीमण्डपमा चलिरहेको राप्रपाको एकता महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भोट माग्दै हिडिरहेकी छिन्।

 

फाल्गुन ६ गतेबाट सुरु भएको महाधिवेशनमा फाल्गुन ९ गते मतदान सम्पन्न भएको छ। खुल्ल तर्फको लागि उम्मेद्वारी  दर्ता गराएकी ओली गालामा २२ नम्वर कोरेर नै महाधिवेशन प्रतिनिधि संग भोट माग्दै गरेको भेटिएकी थिइन्।


राप्रपा र राप्रपा नेपाल एकिकरण भए संगै उनि राप्रपामा उनि प्रवेश गरेकी थिइन्। ओली संगै धेरै कलाकार राप्रपामा प्रवेश गरेका छन्। रेखा थापा र कोमल ओली केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा रहेका छन्। बीस बर्षे रेडियो नेपालको सरकारी जागिर छाडेर राजनीतिमा होमिएकी कोमलको भविस्य कता जाला त्यो चै भविष्यले नै बताउला।

 

Comments

comments