किशोर भण्डारी ‘डिठ्ठा साब’ को धुर्मुस-सुन्तली फाउन्डेसनलाई ५० हजार ५ रुपैया सहयोग

तेश्रो एकीकृत नमुना बस्ति अन्तर्गत मुसहर बस्ति निर्माणमा जुटेको धुर्मुस-सुन्तली फाउन्डेसनले बैशाख १ गतेलाई बस्ति हस्तान्तरणको घोषणा गरिसकेको छ।

आर्थिक अभावको विचमा पनि ७५ प्रतिशत काम सकिएको सिताराम कट्टेलले बताएका छन्। यहि क्रममा हास्यकलाकार किशोर भण्डारी ‘डिठ्ठा साब’ले धुर्मुस-सुन्तली फाउन्डेसनलाई ५० हजार ५ रुपैया सहयोगको घोषणा गरेका छन्। उनले ‘डिठ्ठा साब’ बैशाखमा २०० भाग पुग्ने अवसरमा सो सहयोग रकमको घोषणा गरेका हुन्। उनले नेपाल चलचित्र कलाकार संघको १५ बार्षिक साधारण सभामा सो घोषणा गरेका हुन्।

Comments

comments