‘किंग’ लाई दर्शकको उल्लेख्य साथ, ‘शब्द’ र ‘लाभ साशा’को सन्तोषजनक व्यापार

बिहिबार बाट प्रदर्शनमा आएका तीन चलचित्रले सुरुवाती दुई दिनमा खासै धामकेदार व्यापार गर्न सकेनन्। तर शनिबार निखिल उप्रेती स्टारर चलचित्र ‘किंग’ले भने दर्शकको उल्लेख्य साथ् पाएको छ।


त्यस्तै ‘किंग’ संगै प्रदर्शनमा आएका ‘शब्द’ र ‘लाभ साशा’ ले पनि सन्तोषजनक व्यापार गरेका छन्।
देशैभर राम्रो हाल पाएको ‘किंग’को शनिवार काठमाडौँमा ७५ प्रतिशत अकुपेन्सी थियो भने काठमाडौं बाहिर पनि चलचित्रले राम्रो व्यापार गरेको थियो।

निखिल उप्रेतीको गोपीकृष्ण हलमा निकै राम्रो स्टारडम देखिएको थियो। काठमाडौँको गोपीकृष्णमा केहि हाल हाउसफुल भएका थिए भने अष्टनारायण हलमा दर्शकले टिकट नपाएको गुनासो पोखेका थिए।


दर्शकसँग संगै बसेर फिल्म हेर्न पुगेका कलाकारहरु निखील उप्रेती, अनुप विक्रम शाही र बेनिशा हमाल लगायत वितरक, निर्माता सिट नभएर भुँईमै बसेर फिल्म हेरेका थिए ।

Comments

comments