सकियो ‘धनपति’ सुटिङ, खगेन्द्र र सुरक्षाको जोडी कति जम्ला?

अभिनय कलामा अब्बल मानिएका खगेन्द्र लामिछानेको पछिल्लो रिलिज चलचित्र ‘पशुपति प्रसाद’ रहेको छ। गएको बर्षको हिट चलचित्र ‘पशुपति प्रसाद’मा खगेन्द्रको लेखन र अभिनय रहेको थियो।
२०७४ साल असार २३ गतेलाई रिलिज मिति तय गरेको खगेन्द्रको नयाँ चलचित्र ‘धनपति’ को छायाकन सकिएको छ। खगेन्द्रको लेखन तथा अभिनय रहेको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन्।

वीरगन्ज, ललितपुर र काठमाडौंका विभिन्न ठाउँमा छायाकन गरिएको चलचित्रमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा रहेका छन्। टुकी आर्ट्स र दिपेन्द्र के. खनाल प्रोडक्सन मा निर्माण भएको चलचित्रको कथा, पटकथा र संवाद खगेन्द्रको रहेको छ। सुरक्षाले चलचित्रमा खगेन्द्रको पत्नीको भूमिका निर्वाह गरेकी छिन्।

Comments

comments