‘विवाहको कुरा सुन्दा रमाईलो लाग्छ’, केकी अधिकारी (भिडियोसंवाद)

अभिनेत्री केकी अधिकारी नेपाली चलचित्र क्षेत्रमा निकै सुन्दर अभिनेत्रीको रुपमा परिचित छिन्। जति धेरै उनको सुन्दरताको चर्चा हुन्छ त्यो भन्दा बढी उनको अभिनयको तारिफ हुन्छ। म्युजिक भिडियो हुदै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी केकी एउटा त्यस्तो सफल चलचित्रको पर्खाईमा छिन्, जसले केकिलाई नेपाली चलचित्रमा अझ माथि उभ्याओस। केकिका केहि सफल चलचित्र छन् तर त्यसको जश लिएर केकी माथी आउन सकेकी छैनन्। केकीको सफलता बजारमा छ तर त्यो सफलता पाएकी छैनन जसको पर्खाईमा उनि छिन्। यतिबेला केकी अभिनित चलचित्र ‘लाभ सासा’ प्रदर्शनको तयारीमा रहेको छ। त्यस्तै भर्खरै उनले ‘घामपानी’ चलचित्रको सुटिङ् सकेकी छिन्। त्यस्तै ‘ऐश्वर्य’ चलचित्रमा समेत केकिलाई देख्न सकिन्छ।


धेरै शुभचिन्तक कमाएकी केकी संग हामीले केहि रमाईला बिषय उठाउदै कुराकानी जोडेका छौ। केकी भन्छिन्,’कलाकार भएपछी धेरै कुरा गुमाईदो रहेछ। फरक एक्सप्रेसन दिन पनि सक्नुपर्ने रहेछ। कहिलेकाही त नचाहेको एक्सप्रेसन पनि दिनुपर्छ।’
केकिले विवाहको बारेमा रमाइलो जवाफ दिएकी छिन्। उनले भनिन् विबहाको कुरा सुन्दा निकै रमाईलो लाग्ने गर्दछ, अव चै चाडै सोच्नु पर्ला विवाहको बारेमा।
अब केकिको विवहा कहिले हुने हो त्यो त भविष्यले नै बताउला?

https://www.youtube.com/watch?v=Lai26OhKC7I&t=47s

Comments

comments