चलचित्रबाट आउट हुँदा रोईन् कटरिना, सलमानले दिए यस्तो रिएक्सन

बलिउड अभिनेत्री कटरिना कैफ र सलमान खान निकै निकट रहेका छन्। दुवैले धेरै चलचित्रमा साथ काम गरेका छन्। कटरिनालाई बलिउडमा ल्याउने श्रेय पनि सलमानलाई नै जान्छ।


एक अन्तरवार्ताको क्रममा कटरिनाले सलमान आफ्नो जीवनको महत्वपूर्ण व्यक्ती भएको बताएकी छिन्। उनले सलमानले आफुलाई हरेक कदममा साथ र हौसला दिएको समेत बताएकी छिन्।
उनले अन्तरवार्ताको क्रममा भनिन्, सन् २००३ मा साया चलचित्रबाट मलाई निकालिएको थियो। जोन अब्राहम संगको उक्त चलचित्रमा दुई दिनसम्म छायाँकन गरेपश्चात मलाई चलचित्रबाट निकालिएको थियो। चलचित्रबाट निकालिदा मेरा आखाबाट आशु झरेका थिए।
सोहि समय सलमान र कटरिनाको भेट भएको थियो। उनि सलमानको अगाडी रोएकी थिइन् भने सलमान उनको अगाडी हासीरहेका थिए। कटरिना भन्छिन्, मलाई लाग्यो उनि कति मतलबी व्यक्ति छन्। तर पछी उनले मलाई सवै कुरा ठिक हुने भरोसा दिलाए।

Comments

comments