युएई, कतार र ओमानका दर्शकका लागि ‘जात्रा’

बर्ष २०७३ मा सफल भएको चलचित्र ‘जात्रा’ प्रवासी नेपालीहरुले हेर्न पाउने भएका छन्। समिक्षक र व्यावसायिक हिसावले निकै राम्रो ठहरिएको चलचित्र ‘जात्रा’ अप्रिल १३ मा युएई, कतार र ओमानमा प्रदर्शन हुने भएको छ।

प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ।

युएई, कतार र ओमानमा धेरै ठुलो संख्यामा नेपालीहरु रहेका छन्।

Comments

comments