फ्राइडे रिलिजमा ‘जालो’ र ‘रातो घर’

जेठ १९ गते शुक्रबार बाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। अराज केशव निर्देशित जालो र सुरज सुब्बा नाल्बो निर्देशित ‘रातो घर’ दर्शकले आजबाट सिनेमाघरमा हेर्न पाउनेछन्।


विश्व रेकड कायम गर्न सफल चलचित्र ‘जालो’ वान सर्ट मुभी रहेको छ। विश्वको सवैभन्दा लामो वान सर्ट मुभिको रेकर्ड बनाउन सफल जालो कस्तो बनेको होला भनेर सबैको चासो रहेको छ। आराज केशव फिल्मस्को प्रस्तुति रहेको चलचित्र रियल टाईम क्रिएशनको सहार्यमा निर्माण भएको हो।
चलचित्रमा अनुप विक्रम शाही, मेनुका प्रधान, रेमन दास श्रेष्ठ, निराजन प्रधान, निर शाह, लक्ष्मी वर्देवा लगायतका कलाकारको अभिनय रहेको छ। मोहित मुनाल र अराज केशव निर्माता रहेको चलचित्रमा धानी गिरि निर्माताको रुपमा रहेकी छिन्।

त्यस्तै झापा जिल्लामा हुने आपराधिक क्रियाकलापको पेरिफेरिमा रहेर निर्माण भएको चलचित्र ‘रातो घर’ पनि आज बाट नै प्रदर्शनमा आएको छ। विल्सन विक्रम राई, गौरव पहारी, मेनुका प्रधान, संयम पुरी लगायतका कलाकारको अभिनय रहेको चलचित्रले बुधबार गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको थियो।

Comments

comments