प्रियंका र आर्यन जव झुमे होलीको रङमा

होलि नजिकिदै गरेको अवसर पारेर होलीको नयाँ गीत सार्वजनिक भएको छ। राजेशपायल राई र माण्डवी त्रिपाठीको आवाजमा रहेको ‘होलि रे’ बोलको गीत सार्वजनिक भएको हो।

चलचित्र ‘बटरफ्लाई’ मा समावेश उक्त गीतमा प्रमोद ढुंगानाको शब्द र विकास चौधरीको संगीत रहेको छ। रङहरुको पर्व होलीको अवसर परेर सार्वजनीक गरिएको गीतमा प्रियंका कार्की र आर्यन अधिकारी होलीको रङमा रंगिएका छन्।

ओम प्रतिक गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा पुष्पान्जली अधिकारीको लगानी रहेको छ। चलचित्रको कार्यकारी निर्माता रमेश प्रजाप्रती रहेका छन्।
मायाको रंग बोल्ने चलचित्र ‘बटरफ्लाई’ मा पहिलोपटक प्रियंका र आर्यनको जोडी बाधिएको छ।

Comments

comments