जेठ १२ मा हलहरुमा लाग्नेछ ‘हिटलर’ को शासन

चलचित्र ‘हिटलर’ फर्स्टलुक सार्वजनिक भएको छ। नव-नायिका सामिया बर्तौला मुख्य भूमिकामा रहेको चलचित्र आउँदो जेठ १२ गते बाट रिलिज हुनेछ।

लभ स्टोरी र कमेडी जनराको बताईएको चलचित्र अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको हो। चलचित्रमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ ।


चलचित्रमा सोहित मानन्धर, मेनुका प्रधान, सामिया बर्तौला, दिवस धिताल, ए गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ।

तस्विर: मिलन ढुंगाना

Comments

comments