कति दमदार बन्यो आशिरमान र आनाको ‘ग्याङ्गस्टार ब्लुज’? (टिजरसहित)

निर्देशक हेमराज बिसी नेपाली चलचित्र क्षेत्रका सफल निर्देशकको रुपमा पर्ने गर्दछन्। ‘जेरी’, ‘होस्टल’ ‘गाजलु’ उनले निर्देशन गरेका सफल चलचित्र हुन्। उनै निर्देशक विसीको निर्देशनमा तयार भएको चलचित्र ‘ग्याङ्गस्टार ब्लुज’को टिजर सार्वजनिक भएको छ। जेरी डेव्यु गर्ल आना शर्मा र नव अभिनेता आशिरमान देशराज जोशी मुख्य भूमिकामा रहेको चलचित्रको टिजरले एक्सन भाव बोलेको छ।

सार्वजनिक टिजरमा आना र आशिरमनको साथमा संयम पुरी र रोजिशा शाही फिचरिङमा रहेका छन्।
सरोज न्यौपानेले निर्माण गरेको चलचित्रको छायाँकन नेपालगंजमा गरिएको छ। भदौ २ गतेलाई रिलिज मिति तय गरेको चलचित्रलाई शैलेन्द डी कार्कीले खिचेका छन्।


हेमारज बिसीले निर्देशन गरेका सफल चलचित्रमा अनमोल केसी मुख्य भूमिकामा रहेका थिए। जेरी’, ‘होस्टल’ ‘गाजलु’ तीनै चलचित्रमा अनमोल केसी मुख्य भूमिकामा थिए। अनमोल क्याप बाहिर हेमराजका चलचित्रले कमाल मच्चाउन सकेका छैनन्। नव अभिनेताको साथमा जेरी डेव्यु अभिनेत्री आना शर्मा बिसिको लागि कतिको लक्की चार्म बन्ने हुन् त्यो भने भदौ २ पछी थाहा होला।

Comments

comments