करोड भ्युअर्स पायो ‘साइली’ ले , छोटो समयमा बनायो यो रेकर्ड

हेमन्त रानाका आवाजमा रहेको ‘साईली’ बोलको गीतले एक करोड भ्युअर्स पाएको छ।
छोटो समयमा एक करोड भ्युअर्स पाउने गीत साईली बनेको छ। रिलिजको दुई महिनाको अन्तरालमा गीतले सो रेकर्ड बनाएको हो।

रिलिज संगै निकै चर्चा बटुल्न सफल गीतले परदेशिएका युवाको पिडा र उसको परिवार प्रेमलाई दर्शाएको छ।
हिमाल साउद र कालीप्रसाद बास्कोटाको शब्द रहेको गीतमा कालीप्रसाद बास्कोटाको संगीत रहेको छ। हेमन्त रानाले निर्देशन गरेको भिडियोमा गौरव पहरी र मेनुका प्रधान फिचरीङमा रहेका छन्।

Comments

comments