मोहनले बनाए हर्षिकालाई ‘कुशुम’

हर्षिका श्रेष्ठ र मोहन बोगटी मुख्य भूमिकामा रहेको चलचित्र ‘मेरी कुशुम’ को अडियो र ट्रेलर सार्वजनिक गरिएको छ।
काठमाडौंमा एक कार्यक्रम आयोजन गर्दै चलचित्रमा समावेश ३ वटा गीतको अडियो र ट्रेलर सार्वजनिक गरिएको हो।

नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेल, नायिका करिश्मा मानन्धर, चलचित्रका मुख्य कलाकार, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतले एकसाथ अडियो विमोचन गरेका थिए।

टंक बुढोथोकीको संगीत रहेको यो चलचित्रमा ‘म त बदलिए, मेरो भागको खुशी, सहिछाप गरि दिउ कि’ लगायतका गीतहरु समावेश छन् । यो चलचित्रलाई एन.आर घिमिरेले लेखन तथा निर्देशन गरेका हुन् ।  दिव्य सुवेदीको छायांकन रहेको चलचित्रलाई  सुनिता शर्मा बोगटीले निर्माण गरेकी हुन् ।

Comments

comments