‘बाहुबली २’ हेरिएन भने समाजले इज्जत नदेला भन्ने अवस्था सिर्जना भएको छ: हरिवंश आचार्य (भिडियो)

‘बाहुबली २’ ले भारतीय बक्स अफिसमा कमाईको नयाँ रेकर्ड कायम गर्न सफल भैसकेको छ। नेपालमा पनि यो चलचित्रले उल्लेख्य व्यापार गर्न सफल भयो। जो कोहि पनि बाहुबलीको प्रशंसक बने।

बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले सोहि चलचित्रको बिषयमा बोल्दै भने, ‘बाहुबलि जस्तो अवस्था नेपाली चलचित्रको पनि चाडै आओस सवैले तारिफ गर्ने नेपाली चलचित्र बनुन्। ‘ उनले थपे,’ घरघरमा बाहुबली हेरेन भने ईज्जत जाला जस्तो भन्ने अवस्था सिर्जना भएको छ। ‘ भोलि नेपाली चलचित्रको पनि सोहि अवस्था सिर्जना होस्। ‘

चलचित्र पत्रकार संघ नेपलाको १८ औ स्थापनाको दिवसमा प्रमुख अथितिको रुपमा बोल्दै हरिवंश आचार्यले चलचित्र र चलचित्र पत्रकारिता एक अर्काको परिपुरक भएको भन्दै सहि र राम्रो कुरा लेख्न सक्ने अवस्था सिर्जना होस् भन्ने शुभकामाना समेत दिए।

Comments

comments